• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कोरोना महामारीबीच विश्वभर इदउलफित्र यसरी मनाइयो [फोटोफिचर]

काठमाडौं । विश्वभरका इस्लाम धर्मावलम्बीहरु इदउलफित्र मनाइएको छ । यस धर्मावलम्बीहरुको महान् पर्व रमजानको एक महिनासम्म चल्ने रोजा व्रत सकिएपछि इदउलफित्र मनाउँछन् । 

इस्लामा पात्रोको एक महत्वपूर्ण इदउलफित्र नमाज परम्परागत रुपमा सामूहिक रुपमा इदगाहमा पढ्नुपर्ने, परिवारसँग खाना खाने र नयाँ कपडा तथा उपहार साटासाट गरेर मनाउने चलन छ । 

तर यसवर्ष कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने तथा मुलुकमा लकडाउन पनि कायमै रहेकाले कतिपय देशमा यो नमाज घर घरमै पढ्न आग्रह गरिएको छ भने कतिपय देशमा लकडाउनलाई ईदका लागि खुकुलो बनाइएको छ ।

 

बुल्गेरियाको राजधानी सोफियास्थित लोकोमोटिभ स्टेडियममा बिहानको प्रार्थना गर्न जम्मा भएका इस्लाम धर्मावलम्बीहरु । तस्विरः इपिए 

इरानको तेहरानमा एक मस्जिदबाहिर मास्क लगाएर प्रार्थना गर्दै । तस्विरः एपी

कोसोभो, प्रिस्टिनामा एक भव्य मस्जिदमा भौतिक दूरी कायम राखेर प्रार्थना गर्दैँ इस्लामा धर्मावलम्बीहरु । तस्विरः एपी

पाकिस्तानको पेशावरमा खुल्ला क्षेत्रमा प्रार्थना गर्दै । तस्विरः एपी

अफगानिस्तानको काबुलमा एक मस्जिद बाहिर खेल्दै बालबालिका । तस्विरः रोयटर्स

थाइल्याण्डको दक्षिणी प्रदेश नरथिवाटस्थित याकानिय मस्जिद बाहिर भौतिक दूरी कायम राख्दै प्रार्थना गर्दै । तस्विरः एएफपी 

बाङ्गलादेशको मुन्सीगन्जमा आप्रवासी श्रमिकहरु इदउलफित्र मनाउनका लागि घर फर्कदैँ । तस्विरः रोयटर्स

इभोरी कोस्ट, अदजामेमा रमजानको अन्तिम दिन प्रार्थना गर्दै इस्लाम धर्मावलम्बी । तस्विरः रोयटर्स

इजिप्टको राजधानी काइरोमा मस्जिदहरुलाई बन्द गरिएपछि घारको छटमा इदउलफित्र प्रार्थना गर्दै । तस्विरः रोयटर्स

भारत प्रशासित काश्मिरको श्रीनगरमा प्रार्थना गर्दै । तस्विरः रोयटर्स 

इन्डोनेसियाको अकेह प्रान्तको लेकसेउमवामा एक मस्जिदमा प्रार्थना गर्दै । तस्विरः एपी 

गाजा सहरको एक मस्जिद बाहिर प्रार्थना गर्दै प्यालेस्टाइनीहरु । तस्विरः एपी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर