• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अर्घाखाँची जिल्लामा पनि देखियो कोरोना, केही दिनअघि भारतबाट आएका थिए संक्रमित

पाल्पा । अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना भाईरस संक्रमित भेटिएका छन । 

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु केही दिनअघि भारतबाट फर्केर पाणिनी गाउँपालिकाको पालीस्थित कमला माविको क्वारेन्टाइनमा बदै आएका थिए ।  

प्रादेशिक प्रयोगशालामा भएको १७८ वटा पिसिआर परीक्षणका क्रममा २ जनामा कारोना पोजेटिभ आएको छ भने १६९ जनाको रिर्पोट नेगेटिभ आएको छ । ७ जनाको स्वाब भने परीक्षण हुन बाकी रहेकोे प्रयोगशालाले जनाएको छ । 

संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीका स्थानीयमा त्रास  बढेको भएपनि संक्रमितहरुको अवस्था भने सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा।कपिल गौतमले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर