• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आजको राशिफल: जेठ १४ बुधबार तपाईको आज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जमघटमा सहभागी भईएला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक,व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभपनि हुनेछ । हल्लाको भर परे दुस्ख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति मिल्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर