कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो
सुर्खेत । कर्णालीमा थप ३२ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाएको छ ।
यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
प्रतिकृया दिनुहोस