• २०८१ बैशाख १९ बुधबार
  • Wednesday, 1 May, 2024

मंगलबारमात्रै नेपालमा २८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबारमात्रै नेपालमा २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २८८ जनामा कोरोना देखिउको मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए । हालसम्म डिष्जार्ज हुनेको संख्या २६६ रहेको छ । मन्त्रालयले  हालसम्म पिसिआर ७५३४५ र आरडिटि ११६३४५ परिक्षण गरेको जानकारी दिएको छ । हाल १ लाख ४५ हजार ३७५ जना क्वारेन्टाइनमा छन् । 

पछिल्लो पटक काठमाडौंमा चार जना स्वास्थ्यकर्मीसहित २८८ जनामा संक्रमण पुष्टि भएको छ।

रौतहटमा आठ वर्षीया एक बालिकासहित ७४ जना,  सुर्खेतमा चार वर्षीय बालकसहित २७ जना, सर्लाहीका २१ जना, सल्यानका १८ जना, सिरहा र बाँके र दाङका १७/१७ जना, कपिलवस्तुका १६ जना, रुपन्देही, कैलाली र अछाममा १०/१० जना, दैलेखमा ९ जना,  कञ्चनपुरका ८ जना, धनुषाका ६ जना, स्याङ्जाका ५ जना, प्रदेशको फलेबास क्वारेन्टिनमा रहेका ५ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर