कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ सय ७८ पुग्यो

कर्णाली ।  कर्णाली  प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार बुधबार थप पुष्टि भएको संख्या १६ रहेको छ । यससँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ७८ पुगेको छ ।

थपिएका मध्ये दैलेखका ७ सल्यानका २ जना र कालिकोटका ७ जना रहेका छन् । कालिकोटमा चार महिने शिशुमा समेत कोरोना देखिएको छ । सल्यानका दुई जना र दैलेखका एक जनाको प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको हो । अन्य १३ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर