कर्णालीमा कोरोनाबाट मृत्यु भए एक लाख राहत, डेढ अर्बको कोष
सुर्खेत । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । यो बर्ष को बजेट मा कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
कोरोना विरुद्धको लडाईमा जनचेतना जगाउन का लागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने भएको छ । उनीहरुलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला ले जानकारी दिए । यसकालागि चार करोड विनियोजन गरिएको मन्त्री ज्वालाले बताए ।
कोभिड १९ लाई परास्त गर्न खटे्का सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको एक सय प्रतिशत तथा सफाईकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए । एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ ।
प्रतिकृया दिनुहोस