• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कर्णाली : कोरोनाविरुद्ध फिल्डमा खटिएका चिकित्सक भन्छन्–‘कर्म गरेकोमा गर्व छ’

सुर्खेत । कोभिड १९ (कोरोना भाइरस) संक्रमणले कर्णाली प्रदेशमा पनि महामारीको रुप लिन्छ भन्नेमा विश्वस्त थिए, कर्णाली प्रदेश अस्पतालका चिकित्सक इन्द्र थापा । कर्णालीका अधिकांशको रोजगार गन्तव्य भारत थियो । भारतमा समुदायस्तरसम्म भाइरस फैलिएसँगै कर्णालीमा पनि मानिसहरुको आवागमन बढेको थियो ।

कर्णालीका नागरिकहरु घर फर्कन थालेसँगै आफू यो रोगविरुद्ध लड्न मानसिक रुपमा तयारी रहेको उनी बताउँछन् । 

थापाले चीनबाट एमविविएस सकाएर बाँके (नेपालगञ्ज)मा काम गर्न उनी लगभग तयारी थिए । आफ्ना दाजु सुर्य बिक्रम थापाका कारण गृह जिल्ला सुर्खेतमा काम गर्नको लागि आइपुगे उनी बताउँछन् ।

उनी सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का स्थाई बासिन्दा पनि हुन् । कर्णाली प्रदेश अस्पतालमा अहिले करार नियुक्तिमा काम गरिरहेका डाक्टर थापा कर्णालीको कुनै पनि विकट बस्तीमा काम गर्न चाहन्थे तर समयले त्यो अवसर उनलाई जुराएको थिएन् ।

विश्वभरी नै महाकारीको रुपमा फैलिएको (कोभिड– १९) कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा ५० दिनदेखि उनी अहिले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा खटिइरहेका छन् । 
 

.....................
‘आमा बाबाको मन जितेर काम गरिरहेको छु’

जब छिमेकी मुलुक भारतबाट कर्णालीका नागरिक आउने क्रम बढ्यो, सोही समयमा उनी उनि सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यक्षत्र लिएर गए । त्यो समयमा सल्यान जिल्लाको सबैभन्दा बढि कोरोना भाइरस संक्रमित हुने स्थानीय तहमा बनगाड कुपिण्डे नगरपालिका थियो ।

त्यो खबर घरमा आमा, बाबाले थाहा पाउनु भयो । ‘मलाई फोन गरेर गार्हो छ भने नजानु पनि भन्नु भएको थियो,’ डाक्टर थापा भन्छन्, ‘मेरो मनले मानेन, मैले सोचें यो संकटको बेला मैले नै नागरिकको सेवा गर्न सकिन भने मैले डाक्टर पढेको के काम ? आमा, बाबालाई सम्झाए यस्तो बेला सेवा नगरे कहिले गर्न सकिन्छ र ? यस्तै महामारी रोग सँग लड्न नसकेका नागरिकको जीवन बचाउनु मेरो कर्तव्य हो भन्ने कुरा सम्झाएँ अनि उहाँहरुले मलाई काममा निरन्तर लाग्नको लागि प्रेरणा दिन थाल्नु भयो ।’

आफूलाई परिवारले काम गर्नका लागि प्रेरणा दिईरहेको उनी बताउँछन् । जसले उनलाई काम गर्नलाई थप हौसला दिएको छ ।

.................
बोलेको बचन पूरा गर्न नसक्दा नरमाइलो लाग्यो 

डाक्टर इन्द्र थापाको अहिले जिम्मा बनगाड नगरपालिका वडा नं. १ देखि १२ सम्मको छ । यहाँ अहिलेपनि भारतबाट आउने क्रम रोकिएको छैन । शुरुमा सामाजिक विकास मन्त्रालयको चिठ्ठि लिएर सम्बन्धित स्थानीय तहमा  जाँदा उनी अगाडि पुगे उनलाई काजमा खठाएको चिठ्ठि पछि पुग्यो , त्यो समयमा आफ्नो परिचय आफैं दिनु पर्यो ।

मन्त्रालयले आफूलाई खटाएर काम गर्न जाँदा पनि जनप्रतिनिधि र कर्मचारीले सुरुमा डाक्टर किन चाहियो र भन्नेजस्तो अभिव्यक्ति दिएको उनी स्मरण गर्छन् । सुरुमा देखिएको उक्त मनसया पछि विस्तारै हट्दै गएर अहिले सहयोग भइरहेको उनी बताउँछन् ।

‘सुरुका दिनमा ५० देखि १०० जनाको हाराहारीमा आउने गरेको भए पनि पछि त एकै दिनमा ७०० जना सम्म पनि आउन थाले । मैले नरपालिकालाई भनेर किट मगाएँ र पिसिआर चेक गराएर घर पठाउने गरेको छु,’ डाक्टर थापा भन्छन्, ‘कर्णाली प्रदेश अस्पतालमा सम्भब भए यता यता सम्भब नभए दाङ्ग पनि पठाएर चेक गर्दै नेगटिभ आएकाहरुलाई घर पठाउने गरेको छु, ।’ 

‘नगरपालिकाको लाहाकारको क्वारेन्टाइनमा बसेकाहरुलाई एक हप्तामा नै पिसिआर रिर्पोट दिन्छु भनेको थिए, तर प्रदेश अस्पतालको मेसिन विग्रिएको हुनाले भनेको समयमा रिर्पोट दिन नसक्दा नरमाइलो महसुुस भयो,  त्यहाँबाट पछि ७० जना भागे त्यो बेलाको जस्तो नरमाइलो कहिल्यै भएन् ।’ उनले सुनाए ।

पछिल्लो समय १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको भए पनि केही ठाउँको रिर्पोट आउनको लागि समय लागेको हुनालेसमस्या भएको छ । नगरपालिकाको एउटा क्वारेन्टाइनमा आरडिटि गरेको एक हप्तापछि पिसिआर लिनको लागि गएको बेला त्यहाँका स्थानीयहरुले आफूलाई १ घण्टा जति ट्रचरमा राखेको उनले बताए । 

..............
सम्बन्धित निकायले मेरो बारेमा खवर नगर्दा दुःख लागेको छ 

‘फिल्डमा खटिएको १ महिना २० दिन जति पुग्न थाल्यो यहाँ फिल्डमा खटिन कत्तिको जोखिम छ भन्ने कुरा यहाँ आएपछि मात्रै थाहाँ हुन्छ,’ डाक्टर थापा भन्छन्, ‘यत्तिका समय सम्म तेरो स्वास्थ्य अबस्था कस्तो छ कसैले पनि सोधेको छैन । तिमि फिल्डमा खटिएका छौ तिम्रो पिसिआर चेक गरायौ कि नाई भनेर कसैले पनि सोधेको छैन । यो बेला सार्है मन दुखेर खाउँछ ।’

सरकारले खटाएको काम गर्दापनि कुन अवस्थामा  काम गरिरहेको भन्नेबारे मन्त्रालयको ध्यान नपुग्दा समस्या भएको उनी बताउँछन् । बनगाड कुपिण्डे नगरपालिकामा २७०० सय जना अहिलेसम्म बाहिरबाट भित्रिएका छन्  । 

...................
परिवारको सहयोगले डर सबै हरायो : डा. अस्मीता भट्टराई 

सुर्खेतको पश्चिम क्षेत्र चिङ्गगाड गाउँपालिका औलचिङ्गमा कोभिड बिरुद्धको लडाईको नेतृत्व समालिरहेकी डाक्टर अस्मीता भट्टराई पनि २९ वैशाखदेखि फिल्डमै खटिइरहेकी छिन् । आफू जाँदा कोभिड विरुद्धको तयारी न्युन रहेको सो गाउँपालिकामा उनले सबै नेतृत्व आफैँले समालेर आफ्नो जिम्मेवारीमा काम गरिहेको बताउछिन् । 

‘अलि अलि केही मनमा त्रास थियो, तर बाबा र आमाको प्र्रेरणाले त्यो डरलाई जितेर म आफ्नो जिम्मेवारी पुरा गर्नको लागि यो गाउँपालिका आएको हो’, उनले भनिन्, ‘यो बेला हामी फ्रन्ट लाइनमा नगएर को जान्छ त्यसैले सबैलाई कोभिडका बारेमा  सकरात्मक शिक्षा दिएर काम गरिहेकी छु ।’

यसरी काम गरिरहदा आफ्नो कर्म प्रति गर्व लाग्ने गरेको उनी बताउँछिन् । ‘अहिले सबै कोरोना भाइरस देखि डराएर घरबाट बाहिर नआउने परिस्थिति छ तर हामि सेवाको लागि निस्कीनै पर्छ यस्तो बेला आफ्ना काम प्रति गर्व नगरेर कहिले गरिएला र ?’ उनले भनिन् । 

अहिले प्रदेश अस्पतालबाट डा. नवराज केसी, डा. के. एन पौडेलले बेला बेलामा आफ्नो अबस्थाको बारेमा जानकारी लिए पनि मन्त्रालयको तर्फबाट कसैले पनि आधिकारिक रुपमा जानकारी नलिएको उनले बताइन् ।

कोरोनाको डर नहुने भन्ने हुँदैन सारा विश्व नै यसबाट डराइरहेको अबस्थामा आफ्नो जिम्मेवारी र कर्तव्यबोध सम्झिएर काम गरिरहेको उनले बताइन् । 

अहिले सामाजिक विकास मन्त्रालयले फिल्डमा खटाइएका चिकित्सक मध्य डा. शनम शाक्य, सल्यान कपुरकोट, डा. लोकराज कडेँल गुटु हेल्थ पोष्टमा काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर