• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

विगतको सहमतिलाई आधार मान्नेमा अध्यक्षद्वय सकारात्मक : अनन्त

फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीभित्रको तिक्तता कम गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो बालुवाटारमा दोस्रो तहका आफू निकट नेताहरुलाई समेत राखेर गरिएको छलफलमा अध्यक्षद्वयबीच सौहार्दपूर्ण वातावरणमा त्यस्तो सहमति भएको हो । 

‘पार्टीभित्रको मतभेद भएको सत्य हो । तर, राष्ट्रपतिका बारेमा जुन कुरा उठाईयो यो बेठीक हो । यो कार्य कसैबाट भएको छैन । सरकार र पार्टी बारे सडकमा जुनखालको मनमुटाव छ यसलाई रोकौं भन्ने सहमति भएको छ’, छलफलमा सहभागी स्थायी कमिटी सदस्य तथा ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ले समाचार दैनिकसँग भने । 

छलफलमा आफरुसहित जनार्दन शर्मा ‘प्रभाकर’, महासचिव विष्णु पौडेल, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी रहेको अनन्तले बताए । पार्टीभित्रको तिक्ततालाई कम गरी सम्झदारी खोज्न सोमबार स्थायी कमिटी बस्नु अघि अध्यक्षद्वयबीच पुनः छफल हुने उनले बताए । 

‘पार्टी एकढिक्का कसरी राख्ने भन्नेमा अध्यक्षद्वयको चिन्ता छ । पार्टी निर्माणसँगै नेतृत्व, सरकार सञ्चालन, जिम्मेवारी बाँडफाँड बारे बिगतमा भएका सहमतिलाई आधार मानेर अघि बढ्ने दिशामा छलफल केन्द्रित भएको छ । कुन–कुन विषयमा सहमति भयो भन्ने भन्दा पनि छलफल सकारात्मक दिशातिर गएको छ’, अनन्तले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर