हावाबाट कोरोना सर्ने प्रमाण पाइयो– डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण पाइएको स्वीकार गरेको छ । यसअघि डब्लुएचओले ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोना बारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई चिट्ठी लेखेर अनुरोध गरेको विश्व अस्विकार गरेको थियो ।
डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन गरिरहेको र केहि प्रमाण भेटिएको बताएकी छन् ।
डब्लुएचओले खागारी भिडभाड ठाउमा कम हावा भएको ठाउमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने आशंकाबाट अस्विकार गर्न नसकिने जनाएको छ । साथै डब्लुएचओले यस बारेमा अझै विस्तृत अध्ययन जारी रहेको बताएको छ ।
रिपोर्टका अनुसार वैज्ञानिकहरुले आछ्यु गरेपछि हावामा जाने जीवाणु एक कोठा बराबरको ठाउँसम्म फैलिन सक्ने र त्यसमा रहेको भाइरसले अन्य व्यक्तिलाई संक्रमण गर्ने दाबि गरिएको छ ।
प्रतिकृया दिनुहोस