• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

'नेताहरुको कार्यबिभाजन अध्यक्षद्वयले मिलाउनुहुन्छ, पार्टी फुट्दैन'–नेता शर्मा

काठमाडौं । नेकपा नेता एवं राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्र देखिएको विवाद अन्त्य हुने र स्थायी कमिटी बस्ने दावी गरेका छन् । नेता शर्माले समाचारदैनिकसंग कुरा गर्दै विवाद समाधानका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर छलफल भइरहेको भन्दै छिटै निकास निस्कने बताउदै भने, 'छलफल जारि छ, हाम्रा पार्टीका नेताहरुले केहि न केहि हल निकाल्नुहुन्छ ' । 

नेता शर्माले अहिलेको अवस्थामा पार्टी कुनैपनि हालनमा नफुट्ने तर्क गरे । नेताहरुको कार्यबिभाजन लगाएत नमिलेका बिषयहरुलाई शिर्ष नेताहरुले मिलाउने पार्टीलाई एकतावद्ध भएर लैजाने उनको भनाई छ ।

शर्माले अहिलेको अवस्थामा एकजुट भएर मुलुकमा देखिएका समस्या समाधानमा केन्द्रीत हुनुपर्ने धारणा राखे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर