गुटको भेला र जुलुसले  पार्टीको हित गर्दैन यस्तो कार्य बन्द गर्नुहाेस : नेकपा सुर्खेत 

सुर्खेत । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन समिति सुर्खेतले पार्टी भित्रको अन्र्तरसंघर्षका विषयमा कुनै प्रकारका भेला तथा जुलुस नगर्न निर्देशन दिएको छ । पार्टी केन्द्रको शिर्ष नेतृत्वकाबीच भईरहेको विवादका विषयमा कसैको पक्ष र विपक्षमा भेला जुलुस नगर्न र नगराउन निर्देशन गरिएको हो । 

नेकपा सुर्खेतका जिल्ला सचिव कृष्ण जिसीद्धारा मातहतका पार्टी पंक्ति तथा जनवर्गिय संगठनका नाममा जारी निर्देशनमा पार्टीको आन्तरिक जीवनमा देखिएका विषयलाई मुद्दा बनाई पार्टी अनुशासनको दायरा विपरीत भेला जुलुस, समर्थन विरोधका कुनै पनि प्रकारका र सामाजिक संजालमा नीति र नेतृत्वप्रति गरिने गलत प्रचारले पार्टीको हित नहुने जनाईएको छ । साथै निर्देशनमा त्यस्ता पार्टीलाई अहित हुने क्रियाकलापहरु जिल्ला मातहतका सम्पूर्ण पार्टी कमिटी, जनवर्गिय संगठन र पार्टी सदस्यहरुलाई आग्रह गरिएको छ ।

पार्टी भित्र हुने छलफल र बहसलाई व्यवस्थीत गर्दै सुदृढ पार्टी एकताका साथ प्राप्त जनमतको सम्मान गर्नुपर्ने जिम्मेवारी सबैको भएको भनिएको छ । सचिव जिसीले पार्टी भित्रको बहसलाई स्वभाविक रुपमा लिएर अनुशासित पार्टी बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

यसै सन्दर्भमा बुधवार सुर्खेतमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सर्मथनमा निकाल्न लागिएको जुलुस स्थगित भएको छ । यस्तै प्रधानमन्त्री ओली ईतरका कार्यकर्ताले पनि पार्टी एकताको पक्षमा भन्दै प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यो पनि रोकिएको नेता जिसीले जानकारी दिए । पार्टी केन्द्रमा चलिरहेको बहसलाई सडकमा ल्याएर हल नहुने भन्दै पार्टीको अनुशासन सबैले मान्नुपर्ने उनले आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर