भारतमा एकैदिन २५ हजार बढीमा संक्रमण देखियो
काठमाडौं । भारतमा एकैदिन २५ हजारमा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ८ सय ३ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा संक्रमितको संख्या ७ लाख ९४हजार ८ सय ५५ पुगेको छ ।
त्यसैगरी भारतमा एकैदिन ४ सय ७९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ ह्जार ६ सय २३ पुगेको छ ।
भारतमा ४ लाख ९५ हजार ९ सय ६० जना उपचारपछि निको भएका छन् भने २ लाख ७७ हजार २ सय ७२ जना उपचार गराइरहेका छन् ।
प्रतिकृया दिनुहोस