• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पार्टी विभाजित हुन दिइने छैन : प्रचण्ड


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाटीए एकताका बेलामा त्यसको विरोधमा देशदेखि विदेशसम्मका प्रतिक्रियावादीहरु लागेको स्मरण गरेका छन् । चितवन जिल्ला पार्टीद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

‘तपाईंहरुलाई यो कुरा म आफैं स्मरण गराउन चाहन्छु, मलाई नै ५ वर्ष प्रधानमन्त्री पद दिनका लागि एउटै मात्र पार्टी होइन, अरु दुई तीन वटै पार्टीहरु हामी तपाईंलाई लिखित रुपमै सहमति गर्छौं, तपाईं हाम्रो नेतृत्व गर्नुस् भनेर धेरै पार्टीबाट  त्यसखालका प्रयासहरु भए ।’ प्रचण्डले भने, ‘तर, हामी नेताहरुले त्यतिबेला जनताको अगाडी गरेको संकल्प र प्रतिवद्धता महान कुरा हो, राजनीतिक स्थायीत्व ठूलो कुरा हो । समाजवाद उन्मुख संविधान अनुसार आधार निर्माण गर्ने कुरा बाटो तय गर्ने कुरा ठूलो कुरा हो । को मान्छे प्रधानमन्त्री कति समय हुने भन्ने ठूला कुरा होइन भनेर पार्टी एकता गर्यौं, यो कुरालाई ध्यान दिन म विशेष आग्रह गर्दछु ।’

उनले चितवन जिल्ला इतिहासमा विभिन्न आन्दोलनहरुमा खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले भने, ‘त्यतिबेला ढिलो हुँदा केन्द्रले एकता गर्न ढिलो गर्ने हो भने चितवन जिल्ला नै पहिला एकताबद्ध हुन्छौं भनेर भन्नुभएको थियो ।’ अहिले पार्टीमा केही गतिविधिहरु चलेको भन्दै अध्यक्ष दाहालले पार्टी विभाजित हुन नदिने जिकिर गरे । उनले भने, ‘पार्टी विभाजित हुन दिइने छैन् ।’ 

पार्टी एकतालाई बचाउन हिजोका संकल्प र एकतासहित अघि बढ्नका लागि चितवन जिल्लाको सहयोगी भूमिका रहेको उनले बताए । साथै, उनले हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउने उनले दोहोर्याए । 

उनले भनेका छने, ‘हामी गम्भीर छलफलमा छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर