सिद्धार्थ राजमार्ग नखुल्दा यात्रुहरू अलपत्र

पाल्पा । पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा वुटवल सडकखण्ड अझै संचालनमा आउन सकेको छैन । सोमबार बेलुका सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिकास्थित दोभान बजार नजिकै वर्षासंगै खसेको ढुंगासहितको पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

 सडक नै भासिनेगरि ठूलो ढुंगा सडकको बिच भागमा झरेका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरी चौकी दोभानका प्रमुख सोम बहादुर सारुले बताए । मंगलबार बिहानदेखि पहिरो पन्छाउने प्रयास भएपनि ठूलो ढुंगा सडकमा रहेका कारण सो ढुगा फूटाउन स्काभेटर र डोजरले निरन्तर प्रयास गरेको भएको प्रहरीले जनाएको छ ।

तिनदिनदेखि सडक अवरुद्ध भएसंगै हजारबढीको संख्यामा रहेका  सवारी र यात्रुहरु बिच सडकमा अलपत्र परेका छन । राजमार्गमा रहेका यात्रुहरूले लकडाउनका कारण होटल तथा रेष्टुरेन्टहरु बन्द रहेका कारण खान र बस्नको समेत समस्या भएको बताएको हुदाँ चाउचाउ र पानी खाने तथा सोही सवारीमा रात विताउन बाध्य भएको गुनासो गरेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर