• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 10:58 am

ढोरपाटनको लुकुरकबनमा पहिरोका कारण ९ परिवार विस्थापित

ढोरपाटन (बागलुङ) । सोमबारदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिका–४ लुकुरबन धिरी पाखाडेरामा गएको पहिरोका कारण ९ परिवार विस्थापित भएका छन् । मंगलबार साँझ पाखाडेराका बारीका गराबाट आएको पहिरोले तल्लो आरणडेराका घरहरुमा क्षति पुर्याएपछि ९ घर विस्थापित भएका छन् ।

पहिरो गएको स्थान वरपर पुरै जमिन चर्किएकाले घर खाली गराई उनीहरुलाई नजिकका आफन्त र विद्यालय, स्वास्थ्य चौकीको भवनमा स्थानान्तरण गरिएको ४ नम्बर वडा अध्यक्ष तिलक पुनले बताए । ‘धनजनको क्षति भएको छैन । पाखाडेरबाट अएको पहिरोले आरणडेरामा क्षति पुर्याउने खतरा देखिएकाले पहिरो नजिकका घर खाली गराएका छौं । पहिरो गएको स्थान वरपर जमिन चर्किएको छ‘, अध्यक्ष पुनले भने ।

धनजन सुरक्षितका लागि स्थानीय धिरी आधारभूत विद्यालय र स्वास्थ्य चौकीमा बस्ने व्यवस्था गरिएको उनले बताए । ‘धनजन क्षति छैन । तर, खतरा ठूलो छ । तत्काललाई विस्थापितको आवश्यकता पुरा गरिएको छ । स्कुल र स्वास्थ्य चौकीमा आगो बाल्न नमिल्ने भएकाले छाप्रो बनाउँदै छौं‘, उनले भने– ‘थप सहयोगका लागि नगरपालिका, प्रदेशसँग समन्वय हुँदैछ ।‘

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चौतारा–सिपाघाट–काठमाडौं सडक : झ्यांडी–देउराली खण्ड स्तरोन्नती कार्यको शुभारम्भ

  • ४ असोज, २०७७

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाट–कात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नती कार्यले तीव्रता

कोरोनाका कारण चितवन मेडिकल कलेजमा ५५ वर्षीय पुरुषको मृत्यु

  • ४ असोज, २०७७

चितवन । चितवन मेडिकल कलेजमा कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज कोरोनाका कारण मृत्यु भएको छ ।  कलेजले एक विज्ञप्ति जारी गर्दै सो बारे

चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

  • ४ असोज, २०७७

चितवन। करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका-८ घर भई भरतपुर महानगरपालिका-३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय