• बुधबार ७-१२-२०७७/Wednesday 10-28-2020/ 10:34 am

प्रदेशका कानूनमन्त्रीहरुको गुनासो– अनुभव नै नभएका कर्मचारी प्रदेशमा पठाइयो 

काठमाडौं । बिभिन्न प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्रीहरुले कानून मस्यौदा गर्ने ठाउँमा दक्ष कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको जनाएका छन् । साथै उनीहरुले आवश्यक कर्मचारी प्रदेशमा नपठाउदा कानून निर्माणको काम गर्न अप्ठेरो भएको गुनासो गरेका छन् ।  बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरु गर्नुभएको छलफलका क्रममा प्रदेशका कानूनमन्त्रीहरुले प्रदेश र स्थानीय तहमा अनुभवी कर्मचारी पठाइदिन सुझाव दिएका हुन् । छलफलमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कानून मस्यौदा गर्ने ठाउँमा रहेका कर्मचारीमा अनुभवको कमी भएको देखिएको बताए । संघीयता कार्यान्वयनको चरणमा भएकै कारणले कानून बनाउनु पहिलो प्राथमिकता भएको उनको भनाई छ ।  

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले तल्लो तहमा पठाएका कर्मचारीलाई सुरुमै अभिमुखीकरण गरिदिन पनि आग्रह गर्दै सक्षम हुँदै गरेका कर्मचारी पनि संघमा तान्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखे । 

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रदेश प्रदेशका मुख्यमन्त्रीले नियुक्त गर्ने मुख्य न्यायाधिवक्ता महान्यायाधिवक्ता मातहत हुँदा समस्या भएको बताए ।  त्यस्तै छलफलमा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पनि कानून मस्यौदा गर्ने जनशक्ति कमजोर हुँदा समस्या देखिएको बताए ।

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. तुम्बाहाङ्फेले स्थानीय तहमा कानूनी जनशक्ति व्यवस्थापनबारे केन्द्र सरकारले निरन्तर छलफल गरिरहेको भन्दै प्रदेशमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिइन् ।  प्रदेशमा कानूननिर्माणमा देखिएका समस्याका बिषयमा मन्त्रालयले प्रदेशका कानूनमन्त्रीसंग छलफल गरेको हो । 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा संक्रमण पुष्टि 

  • ११ कार्तिक, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ९७ महिला र १ सय ५५ पुरुष संक्रमित छन् । कम परीक्षणभएसँगै

नेपालमा मंगलबार थप ५ सय ७० जनामा संक्रमण पुष्टि,३ हजार १६८ जनाले कोरोना जिते

  • ११ कार्तिक, २०७७

काठमाडौं ।  नेपालमा मंगलबार ५  सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको  भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६८ जनाले

दशैंपछि कोरोना भाइरस अझ फैलन सक्छ, कसरी बच्ने ?

  • ११ कार्तिक, २०७७

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका संक्रमितहरु नेपालमा पनि बढिरहेका छन् । नेपालमा सोमवारसम्म कुल एक लाख ५९ हजार ८३० जनामा