• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रचण्डलाई बामदेवको सन्देश : म ओलीतिर गएको छैन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले ‘आफू केपी शर्मा ओलीतिर नलागेको’ सन्देश कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पठाएका छन् । मंगलबार अध्यक्षद्वयलाई ६ बुँदे लिखित प्रस्ताव पठाएका गौतमले बिहिबार बिहान प्रचण्ड निकट नेताहरुलाई उक्त सन्देश पठाएका हुन् । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली बुधबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए । पत्नि राधिका शाक्यसहित गौतमलाई भेट्न भैंसेपाटी पुगेपछि ओली इतरको समूह संशकित भएको थियो । साँझ प्रधानमन्त्रीको साथमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल पनि गौतम निवास पुगेका थिए । 

नेकपामा बढ्दो आन्तरिक विवादकाबीच पछिल्ला यी दुई घटनाक्रमले फेरि गौतम ओली पक्षसँग निकट भएको आशंका गरेका प्रचण्ड निकट केही नेताहरु बुधबार बिहान उनलाई भेट्न गौतम निवास पुगेका थिए । नेता गौतमले आफू प्रधानमन्त्री ओलीतिर नलागेको सन्देश अर्का अध्यक्ष दाहाललाई पठाएको स्रोतको दाबी छ । 

उक्त भेटघाटमा गौतमले आजसम्म पार्टी बलियो हुनु र एकता टिकिरहनुमा अध्यक्ष दाहालको भूमिका निकै महत्वपूर्ण भएको भन्दै आफू पार्टी एकताको विरुद्धमा नरहेको स्पष्ट पारेका थिए । ‘म पार्टी एकताको विरुद्धमा छैन् । अहिलेसम्म पार्टी यो स्थितिमा बसिरहनुमा अध्यक्ष प्रचण्डको निकै ठूलो भूमिका छ ।’ यसअघि अध्यक्ष दाहालले पार्टी फुटाउन नहुने भन्दै प्रस्तुत गरेको विषयलाई ब्याख्या गरेको भन्दै उनले प्रचण्ड निकट नेताहरुलाई भने, ‘मैले बढ्दो आन्तरिक विवादलाई मत्थर गर्नका लागि र पार्टी फुटबाट बचाउनका लागि ६ बुँदे प्रस्ताव अघि सारेको हुँ ।’

यसअघि मंगलबार मध्यान्ह स्थगित गरेको केही बेरमै नेता गौतमको ६ बुँदे सहमतिको प्रस्ताव भनि सार्वजनिक भएको थियो ।  आफ्ना मतलाई प्रायः हस्तलिखित सार्वजनिक गर्ने गौतमले कम्प्युटर टाईपमा सहमति पत्र सार्वजनिक गरेका थिए । ‘पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव’ भनि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । 

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए । विवादकैबीच मंगलबार ओलीइत्तर समूह बालुवाटारमा नै स्थायी समिति बैठक बसेका थिए ।

याे पनि :

किन गए ओली बामदेव निवास भैंसेपाटी ?

स्थायी कमिटीमा प्रस्ताव गर्न लिएको ६ बुँदे प्रस्ताव बैठक स्थगितपछि सार्वजनिक गरे वामदेबले

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर