• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

समुन्द्री तुफानले अमेरिकाको पूर्वी तटीय क्षेत्र प्रभावित

एजेन्सी । समुद्री तुफान इसाइका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । इसाइका कारण विभिन्न क्षेत्रमा तीव्र गतिको हावा चल्नुका साथै वर्षा भएको छ ।

इसाइ तुफानका कारण १२० किलोमिटर प्रतिघण्टाका दरले हावा चलेको छ । यो वर्ष अहिलेसमम आएका तुफान मध्ये नाम पाएको यो नवौँ तुफान हो ।

पूर्व तर्फ बढी रहेको तुफान इसाइ स्थानीय समय अनुसार सोमबार मध्य रातमा साउथ क्यारोलाइनाको उत्तर–पूर्वी क्षेत्र र नर्थ क्यारोलाइनाको दक्षिणको बिचमा ठोक्किने पूर्वानुमान नेशनल हरिकन सेन्टरले गरेको छ ।

क्यारबियन आइल्याण्डमा ठोक्किएपछि इसाइलाई ट्रफिक स्ट्रोमका रुपमा घटुवा गरिएको हो । क्यारबियन आइल्याण्डमा यो तुफानका कारण दुईजनाको ज्यान गएको छ । तर अमेरिका पुग्दा तुफान पुनः शक्तिशाली भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर