• सोमबार ६-५-२०७७/Monday 09-21-2020/ 11:43 am

अध्यक्षद्वयकाे छलफल सकियाे, नेकपा विवाद समाधान उन्मुख 

काठमाडौं । आन्तरिक विवादको उत्कर्षमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधान उन्मुख देखिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो एक साता भेटघाट समेत बन्द भएको अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार झण्डै ३ घण्टा  भएको छलफल सकारात्मक भएको छ ।

भेटमा सहभागि एक नेताका अनुसार अहिले पार्टी र सरकारमा देखिएका समस्या समाधान गरेर अघि बढ्न प्रधानमन्त्री केपी शर्माओली पनि सकारात्मक देखिएपछि अध्यक्ष प्रचण्डले यसलाई समाधान उन्मुख भनेर व्याख्या गरेका छन् । ‘आजकाे छलफल विवादकाे समाधानउन्मुख भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले समाचार दैनिकसँग भने ।

पार्टीको नीति र विधि विपरित सरकार चलेको, एकलौटी गरेको, देश र जनताको पक्षमा सरकारले काम गर्न नसकेको लगायतका आरोप लगायउदै प्रधानमन्त्री केपी ओली खेमा बाहेकका नेताहरुले उनको राजिनामा माग गरेका थिए । बरु पार्टी फुटाउने तर दुवै पदबाट राजिनामा नदिने अडान ओलीले लिएपछि अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल पक्ष ललिचो बनेको छ । 

सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएमा त्यसमाथि छलफल गरेर सर्वसम्म ढंगले अहिले उठेका सवालहरुलाई सम्बोधन गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गर्न सकिने ठाँउमा प्रचण्ड नेपाल पक्ष पुगेको छ । 

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष र केही सहयाेगी नेताबीच ११ बजेबाट सुरु भएको सो छलफल साढे दुई घण्टा भन्दा धेरै चलेकाे थियो।

‘हप्ता दस दिन होइन, हप्ताभन्दा यतै । पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो ? बिहीबारबाट एकदुई भनेर काउन्टडाउन सुरु गर्नुहोला’, प्रधानमन्त्रीओलीले बुधबार एपी वान टिभीकाे कार्यक्रममा बाेल्दै भनेका थिए, 'नेकपाकाे विवाद अबको ५ दिनमा समाधान हुन्छ ।'

याे पनि ः अब, नेकपा फुट्दैन ! 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेकपाको सचिवालय बैठक मंगलबारसम्मका लागि स्थगित

  • ५ असोज, २०७७

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक  मंगलबारसम्म स्थगित भएको छ । बैठक मंगलबार साढे १२ बजे सम्मका लागि स्थगित भएको

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

  • ५ असोज, २०७७

काठमाडौं । पर्सामा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका ७८ वर्षीय पुरुष, वडा नम्बर ६ रेशमकोठी

सरकार पुनर्गठन बहसः चुनाव हारेका गौतम र श्रेष्ठले पनि गरे दाबी

  • ५ असोज, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई धेरै नेता कार्यकर्ताहरुले अर्थपूर्ण रुपमा लिए । धेरैजसो पार्टी बैठकहरु