• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बुटवलमा कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवल स्थीत लुम्विनी प्रादेशिक अस्पतालमा उपचार गर्दा गर्दै आज एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सुचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार ४० वर्षिय पुरुषको उपचारका क्रममा स्वस्थ्य थप गंभिर भएपछि स्वास नलीमा टयुव गरी उपचार गरिरहेको अवस्थामा मृत्यु भएको छ । 

यही साउन २९ गते उपचारका लागि भर्ना भएका कपिलवस्तुको मायादेवी गाउपालिका वडा नंं. ७  का ४० वर्षिय पुरुष ज्वरो, खोकी र स्वासप्रस्वासको समस्या लिइ अस्पतालमा आएका थिए । आज मृत्यु भएका ४० वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । 

यस अघि बुटवलमा गत बुधवार पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बुधवार कपिवस्तुका  २ जनाको मृत्यु भएकोमा एक जनाको कोरोना पोजेटिभ र अर्का ब्यक्तिमा नेगेटिभ रिपोर्ट आएको थियो । आज मृत्यु भएको पुरुष सगै प्रदेश ५ मा मृत्यु हुने कोरोना संक्रमितको संख्या १६ पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर