माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीर ।

चितवन। पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर हिजो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो। उनको उपचारका क्रममा साँझ पाँच बजे मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर