• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सालिकको सहर बन्दै दमक [फोटोफिचर]

दमक । देशलाई विभिन्न विधामा रहेर महङ्खवपूर्ण योगदान पु¥याएका राष्ट्रिय विभूति तथा ऐतिहासिक व्यक्तित्वहरुको पहिचान खुल्ने गरी दमकमा करिब एक दर्जन सालिक÷प्रतिमा तथा स्तम्भ निर्माण भएका छन् । 

यसकारण दमक सालिकहरुको सहर बन्दै गएको छ । दमकका यी चोकमा बनिएका स्तम्भ तथा सालिक कुनै चोकको नामअनुसार निर्माण गरिएका हुन् भने कुनै सालिक बनाएर चोकको नामकरण गरिएको हो ।

दमकमा किरात धर्मगुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द, किरात वंशका पहिलो राजा यलम्बर, नेपाल संवत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाको सालिक बनाइनुको साथै उनीहरुको नामबाट चोकको नामकरणसमेत गरिएको छ । 

त्यसैगरी, दमकका विभिन्न स्थानमा नेपालका वरिष्ठ साहित्यकार आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा र कविशिरोमणि लेखनाथ पौड्यालको सालिक पनि निर्माण गरिएको छ ।

त्यसैगरी, दमककै चोकको नाममा रहेको ढुकरपानी, बाघखोर र दीपज्योतिमा पनि सालिक निर्माण गरिएको छ । ढुकुरपानी चोकमा जोडी ढुकुरको सालिक निर्माण गरिएको छ । बाघखोरमा बाघको सालिक निर्माण गरिएको छ भने दीपज्योतिमा दीप (बत्ती) को ।

यसका अतिरिक्त दमकस्थित जेसिस चोकमा जेसिस स्तम्भ निर्माण गरिएको छ । त्यस्तै, दमकमा किरात स्तम्भसमेत स्थापित छ । दमकका चोक र तिनको नामलाई पुष्टि गर्न लागि निर्माण गरिएका प्रतिमा र स्तम्भहरु यस्ता छन्ः

१. फाल्गुनन्द

दमक नगरपालिका–१ फाल्गुनन्द चोकमा किरात महागुरm फाल्गुनन्दको सालिक स्थापित छ । सो सालिक २०६१ साल कात्तिक २५ गते महागुरmका जीवित चेला श्री रामप्रसाद थेवेले अनावरण गरेका हुन् । महागुरm फाल्गुनन्द लिङदेन स्मारक निर्माण समितिका अध्यक्ष मनोज साम्पाङ राई तथा सचिव चन्द्रकुमार शेर्माको सहयोगमा किरात धर्मगुरmको सालिक स्थापना गरिएको हो । फाल्गुनन्द चोकमा किरात धर्मगुरm फाल्गुनन्दको प्रतिमा बनेसँगै यसको महङ्खव झनै बढेको छ । 

२. यलम्बर

यलम्बर किरात वंशका पहिलो राजा हुन् । दमक–५ स्थित यलम्बर चोकमा यलम्बरको सालिक स्थापना गरिएको छ । २०७३ साल माघ १ तत्कालीन माननीय सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सो सालिक वा प्रतिमा अनावरण गरेका हुन् । झापाको सुरmङ्गा निवासी मूर्तिकार हिम्मत नेम्वाङले सो सालिक निर्माण गरेका हुन् भने यसका इन्जिनियर दमकनिवासी अनन्तप्रसाद सेनेहाङ हुन् । 

३. शंखधर साख्वा
शङ्खधर साख्वा नेपाल संव्तका प्रवर्तक तथा राष्ट्रिय विभूति हुन् । दमक नगरपालिका–६, मुख्य बजारमा रहेको शंखधर चोकमा उनको प्रतिमा निर्माण स्थापित छ । दमक नगरका सम्पूर्ण नेवार समुदायको सक्रिय सहभागितामा सो प्रतिमा स्थापना गरिएको हो । यो प्रतिमा दमक नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत पशुपति खतिवडाले नेपाल संवत् ११३२ अर्थात् २०६८ साल फागुन ३० गते शिलान्यास गरेका हुन् भने दमक नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज दाहालले नेपाल संवत् ११३५।१।१ (वि.सं. २०७१ कात्तिक ७ गते) अनावरण गरेका हुन् ।

४. भानुभक्त 
भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । दमकस्थित मामा चोक (हालः भानु चोक) मा उनको प्रतिमा स्थापना गरिएको छ । वि.सं. २०७२ साल वैशाख ६ गते दमक नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत युवराज दाहाल र साहित्यसेवी मेघराज तिम्सिनाले सो प्रतिमा निर्माणका लागि शिलान्यास गरेका हुन् । शिलान्यास गरेको तीन महिनापछि अर्थात् २०७२ साउन २ गते नेपाल प्रज्ञा प्रतिष्ठानका का उपकुलपति गङ्गाप्रसाद उप्रेतीले सालिक अनावरण गरेका हुन् । 

५. देवकोटा
लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकवि हुन् । उनले नेपाली साहित्यमा गरेको योगदान उल्लेखनीय मानिन्छ । उनले विशेषतः नेपाली साहित्यमा महाकाव्य, खण्डकाव्य, कविता विधामा कलम चलाए । उनै देवकोटाको प्रतिमा दमकमा स्थापित छ । दमक नगरपालिका–६ मा देवकोटा सालिक स्थापित छ । वि.सं. २०६० साल चैत १६ गते नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति मोहन कोइरालाले सालिक सिलान्यास गरेका हुन् भने देवकोटाको जन्मदिनको अवसरमा २०६१ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले अनावरण गरेका हुन् । 

६. लेखनाथ
लेखनाथ पौडेल नेपाली साहित्यमा कविशिरोमणिका नामले परिचित छन् । दमक नगरपालिका–७ मा लेखनाथ चोकमा कविशिरोमणि लेखनाथ पौड्यालको सालिक स्थापना गरिएको छ । सो सालिक २०७६ साउनमा दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले अनावरण गरेका हुन् । दमकमा नयाँ चोकको रुपमा लेखनाथ चोक नामकरण गरी कविशिरोमणि लेखनाथ पौड्यालको सालिक निर्माण गरिएको वडाध्यक्ष भीमप्रसाद पौडेलले बताए । 

७. ढुकुरपानी

दमक बजारबाट करिब ४ किलोमिटरको दूरीमा रहेको ढुकुरपानी दमक नगरपालिकाभित्र रहेर पनि अलिक ओझेलमा रहेको स्थान हो । त्यसैले पनि ढुकुरपानीलाई चिनाउन दमक नगरपालिका–३ ढुकुरपानी चोकमा जोडी ढुकुरको प्रतिमा निर्माण गरिएको छ । निर्माण सम्पन्न भए पनि प्रतिमा अनावरण हुन बाँकी रहेको वडाध्यक्ष नवीन बरालले बताए ।

८. बाघखोर
त्यसैगरी, दमक नगरपालिका–३ बाघखोरमा बाघको सालिक स्थापना गरिएको छ । वि.सं. २०७६ साल फागुन २६ गते दमक नगरपालिका–३ अध्यक्ष नवीन बरालले सो सालिक अनावरण गरेका हुन् । ठाउँको नामअनुसार नै सालिक निर्माण गरेर परिचित गराउने उद्देश्यअनुरुप बाघको प्रतिमा निर्माण गरिएको उनले जानकारी दिए ।

९. किराँत स्तम्भ र जेसिस स्तम्भ

त्यसैगरी, दमक नगरपालिका–८ किरातचोकमा किरात स्तम्भ निर्माण गरिएको छ । सो स्तम्भ २०५२ साल असार ८ गते स्थापना गरिएको हो । किरात चोकलाई परिचित गराउनका लागि किरात स्तम्भ निर्माण गरिएको स्थानीयको बुझाइ छ ।

त्यसैगरी, दमक–६ जेसिस चोकमा जेसिस स्तम्भ निर्माण गरिएको हो । यसरी दमकका विभिन्न चोकका नामलाई पुष्टि गर्नका लागि विभिन्न सालिक तथा स्तम्भहरु निर्माण हुँदै आएका छन् ।

१०. दीपज्योति
दमक नगरपालिका–३ दीपज्योति चोकमा दीप (बत्ती) को प्रतिमा स्थापना गरिएको छ । चोकको नामलाई पुष्टि गर्नका लागि दीप निर्माण गरिएको वडाध्यक्ष नवीन बरालले बताए । सो प्रतिमा २०७५ सालमा निर्माण गरिएको बरालले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर