• मंगलबार ६-६-२०७७/Tuesday 09-22-2020/ 11:09 pm

निषेधाज्ञामा बनक्षेत्रमा तस्करी बढ्यो

महोत्तरी। कोभिड-१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ। 

चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो।

भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ।

चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल ९काठ चिरान गर्ने कारखाना० र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए।

“हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ”, डिभिजन प्रमुख साहले भने, “तश्करले रुख कटान गर्ने र अवैधरुपमा सञ्चालनमा रहेका फर्निचर उद्योगले चिरान गराएर लुकीछिपी बेच्दा रहेछन्।” यसरी चोरी कटान हुने रुखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ।

आम मानिस र वन सुरक्षा जवान कर्फ्युले सक्रिय नहुने अनुमानमा तश्करले यो समय प्रयोग गर्ने गरेका छन्। यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाई राखिएका साखुकै १०० क्यूविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो। यसअघि गतचैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ। 

लकडाउन र कफ्र्यूभित्र वनसम्पदा चोरी कटान र वन्यजन्तुको अवैध शिकार बढेपछि कार्यालयले गतचैतदेखि नै समय तालिकासहित तीनवटा वन सुरक्षा गस्ती परिचालित गर्दै आइएको कार्यालयले जनाएको छ। लकडाउन शुरु भएको गत चैत यता हालसम्म करिब ५०० क्यूविक फिट चोरीका साखुका काठ बरामद गरिएको छ।

काठ चोरीमा प्रयोग गरिने हतियार, काठ ओसार्न प्रयोग गरिएका साइकल, मोटरसाइकल र टेम्पुसहित साधन नियन्त्रण लिइएको छ। यसअवधीमा १० जना पक्राउ परेका छन्। लकडाउन र कफ्र्यू अवधीभित्रै शिकारीको आक्रमणमा परी घाइते भएका १० वन्यजन्तु उद्धार गरिएका छन्। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मुख्यमन्त्री शंकर पोखरेललाई कांग्रेस सांसदको प्रश्नः को को मन्त्री फेल भए ?

  • ६ असोज, २०७७

बुटवल । कांग्रेस सांसद डिल्लि चौधरीले प्रदेश सरकारले कार्यकर्ता भर्ती गर्ने गरी विकास प्राधिकरण ल्याउन खोजेको भन्दै विरोध जनाएका छन । प्रदेश ५

प्रदेश पाँचमा कृषि क्षेत्रमा करोडौंका कार्यक्रम अगाडी बढाइंदै

  • ६ असोज, २०७७

बुटवल । प्रदेश पाँचमा कृषि क्षेत्रको विकासका लागि यस आर्थिक वर्षमा करोडौंलागतका कार्यक्रम अगाडी सारिएको छ । प्रदेश कृषि विकास निर्देशनालयबाट कृषि

चितवनका कोरोना संक्रमितको शव देवघाटमा व्यवस्थापन

  • ६ असोज, २०७७

चितवन । चितवनमा मृत्यु भएका कोरोना संक्रमितहरुको शवलाई देवघाट क्षेत्रको जंगलमा व्यवस्थापन गर्ने गरीएको छ ।  देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने