• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 03:57 am

कोल्टीमा इलाका प्रशासन राख्न माग

बाजुरा। उत्तरपूर्वी भेगको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय राख्नका लागि चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन्।

सोमबार चार स्थानीय तहका प्रमुख, प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य र अन्य स्थानीयवासीको सर्वपक्षीय भेलाले उत्तरपूर्वी भेगमा इलाका प्रशासन कार्यालय राख्न सरकारसँग माग गर्ने निर्णय भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले जानकारी दिए। 

उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘क’ का नागरिकले सरकारी सेवा लिन लामो दूरीको यात्रा गर्दै जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि सरकारसँग इलाका प्रशासन कार्यलयल माग गर्ने सहमति भएको हो।

तीनवटै तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा पनि प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा अहिलेसम्म इलाका प्रशासन कार्यालय स्थापना नहुँदा नागरिकले जिल्ला धाउनुपर्ने बाध्यताका कारण चार स्थानीय तहले इलाका प्रशासन कार्यालय स्थापनाको मागसहित गृह मन्त्रालयलाई पत्र पठाएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा ४१ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु 

  • ३ असोज, २०७७

पाल्पा ।  पाल्पामा थप एकजना कोरोना भाइरस संक्रमितको महिलाको गएराती मृत्यु भएको छ । तानसेन नगरपालिका १४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्विनी मेडिकल

वालिङमा लक्ष्यको ९३ प्रतिशत राजश्व सङ्कलन

  • ३ असोज, २०७७

स्याङ्जा । बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजश्व सङ्कलन भने लक्ष्य नजिकै पुगेको छ

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

  • ३ असोज, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा