• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सर्पको टोकाईबाट एक जनाको मृत्यु , दुई जनाको अवस्था गम्भीर

चितवन । चितवनमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१९ शारदानगर बस्ने रुबी सुनारका २ वर्षीय छोरो रायन रामदामको उपचारको क्रममा चितवन मेडिकल कलेजमा आज (शनिबार) विहान ५ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

आज (शनिबार) विहान १२ः१० बजेको समयमा आफ्नै घरमा सुतिरहेको बेला मृतक रायनसंगै दुई जनालाई सर्पले टोकेको थियो । विषालु सर्पको टोकाइबाट सोही स्थानकी वर्ष ५६ की केशरी बिक र वर्ष २६ की रुबी सुनारको अवस्था गम्भीर रहेको छ ।

केशरीको चितवन मेडिकल कलेज र रुबीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था गम्भिर रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर