कोरोनाका कारण चितवन मेडिकल कलेजमा ५५ वर्षीय पुरुषको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज कोरोनाका कारण मृत्यु भएको छ ।  कलेजले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी गराएको हो । विज्ञप्तिमा भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको पनि कलेजले जनाएको छ । सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर