• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

मौसम : पाँच दिनसम्म देशभरी मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघगर्जन र चट्याङसहितको भारी वर्षा हुने पुर्वानुमान गरेको छ ।

केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने भएकाले आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

कस्तो रहला सोमबार दिनभरको मौसम ?

अहिले देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर