सप्तरीमा कोरोना संक्रमित एक सरकारी कर्मचारीको मृत्यु
काठमाडौं । सप्तरीमा कोरोना संक्रमणबाट एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ।
बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए । ती कार्यालय सहयोगीमा भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो ।
प्रतिकृया दिनुहोस