गाडीसहित खोलाले बगाउँदा एक जनाको मृत्यु, दुई जना वेपत्ता

काठमाडौं । कपिलबस्तुको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना बेपत्ता छन्। बेपत्तामध्ये एक विद्युत कर्मचारी र एक जना सर्वसाधारण हुन।  

बाढीले बगाएको मध्ये ३५ वर्षीय चालक माधवप्रसाद पाण्डेको शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र जीपमा सवार सर्वसाधारण अर्घाखाचीको सितगंगा नगरपालिकाका केशव भाट भने अझै बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर