• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 05:00 pm

अभिलेखीकरणका लागि घरदैलोमा शिक्षक

कञ्चनपुर। कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्।

सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ।

“पठनपाठनको पूर्वतयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएको हो”, इकाइ प्रमुख भरतबाबु सुवेदीले भने,  “जिल्लाभर अभिलेखीकरणको कार्य जारी छ।”

उनले अर्को निर्णय नआएसम्म विद्यालय भने सञ्चालनमा नआउने बताए।

“घरदैलोमा जाँदा शिक्षकले स्वास्थ्य सामग्री प्रयोग गर्दै भौतिक दूरीलाई ख्याल गरिरहनुभएको छ”, उनले भने, “टोलरछिमेकमा समेत कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा पनि पहल हुँदैछ।” कञ्चनपुरका २६१ सामुदायिक र २३२ संस्थागत विद्यालय छन्। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धरानमा थप सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

मङ्गलबारे ।  धरान ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३०

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सङ्क्रमितको मृत्यु

  • ४ कार्तिक, २०७७

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध

कोरोना भाइरसको कारण देखाउँदै महोत्तरीमा चार कार्यालय बन्द

  • ४ कार्तिक, २०७७

जलेश्वर । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्