ताप्लेजुङमा अविवाहितलाई पनि भत्ता

ताप्लेजुङ । अविवाहित र एकल पुरुषलाई पनि भत्तारु सुन्दा अनौठो लागे पनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि यो सेवा दिँदै आएको छ ।

उपमेयर तारा भट्टराईका अनुसार सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक एक हजार रुपैयाँ दरले नगरपालिकाको आन्तरिक स्रोतबाट मासिक भत्ता दिँदै आएको छ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर