• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कर्णालीमा राजनीतिक आक्रमण, पर्सामा फौजी !

पार्टी भित्र प्रत्याक्रमण सुरु गर्दैै प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपामा केही समयअघि उत्कर्षमा पुगेको विवादताका समेत प्रचण्डले केवल प्रतिक्रिया दिए, ‘प्रत्याक्रमण“ गरेनन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले सरकार तथा पार्टी संचालनमा देखाएको एकमनावादका विरुद्ध प्रचण्डसहित शिर्ष नेताहरुको शक्तिशाली प्रतिक्रियाले नै ओलीलाई रक्षात्मक बनाएको थियो । ओलीको त्यही रक्षात्मक अभिव्यक्ति र पार्टीभित्र देखिएका असंगतिहरुलाई सम्बोधन गर्न भन्दै गठन गरिएको विवाद समाधान कार्यदलले समझदारीको विन्दु पत्ता लगायो । 

त्यसरी आन्तरिक रुपमा देखिएका विवाद समाधान भएको मसी सुक्न नपाउँदै नयाँ विवाद सुरु हुनु र त्यसमा अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीकै नियतले प्रधानमन्त्रीको कार्यशैली नसुध्रिएको  पुर्नपुष्टि गरेको छ । 

केही समय यता कर्णाली प्रदेशमा देखिएको आन्तरिक विवाद त्यसैको प्रतिविम्ब हो । कर्णालीमा राजनीतिक रुपमा अभिव्यक्त भएको सो विषय प्रदेश २ को पर्सा जिल्लामा पुग्दा फौजी रुपमा व्यक्त भयो । 

शुक्रबार बिहान विन्दबासिनी गाउँपालिका–५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासियाको मृत्यु भएको हो। मृत्युको कारण पार्टीको सपथग्रहणमा भएको विवादमा भएको आक्रमण हो । सो घटनामा आक्रमण गर्ने पूर्व एमाले पक्षका नेता कार्यकर्ता रहेको र मृत्यु भएका पूर्व माओवादीका नेता रहेको बताईन्छ । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले उपचारका क्रममा चौरासियाको न्युरो अस्पतालमा मृत्यु भएको बताएकी छिन ।

विन्वासिनी–२ का चौरसिया पछिल्लो निर्वाचनमा पूर्व माओवादीको कोटाबाट वडा अध्यक्षमा लडेर पराजित भएका थिए। पूर्व माओवादी समूहद्वारा आयोजित कार्यक्रममा पूर्व एमाले समूह कार्यक्रम विथोल्न पुगेको प्रत्यक्षदर्शी बताउँछन्। 

कर्णाली विवाद समाधानार्थ अध्यक्षद्वयको भेटघाटमा प्रधानमन्त्रीले प्रचण्डलाई जवाफ फर्काएका थिए, केन्द्रमा हामीले सिकायौं उनीहरुले त्यही गरे । 

प्रधानमन्त्री ओलीको यो भनाईको तात्पर्य मलाई हटाउन तपाईंहरुले मोर्चाबन्दी गर्नुहुन्छ त तपाईंका मुख्यमन्त्रीविरुद्ध किन हुदैन ? भन्ने आश्य थियो । र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कर्णाली प्रदेशका नेकपाका सह–ईन्चार्ज यमलाल कंडेलले प्रधानमन्त्रीसँग सल्लाहा गरेको अर्को पक्षको आरोप छ । 

कर्णालीका पदाधिकारी र अध्यक्षद्वयको छलफलले पनि कुनै निकाश नदिएपछि कर्णालीका विषयमा अध्यक्षद्वयका प्रेस सल्लाहाकारहरुको छुट्टा–छुट्टै विज्ञप्ती आए । विवाद समाधान भयो भन्ने प्रधानमन्त्रीको बुझाई थियो भने, भएको छैन, केन्द्रको परामर्श अनुसार स्थानीय पार्टीले समाधान गरोस भन्ने अध्यक्ष प्रचण्डको सन्देश थियो । 

अन्ततः सल्लाहाकारहरु मार्फत अभिव्यक्त भएको कर्णाली विवाद अध्यक्षद्वयकै नाममा फरक फरक निर्देशन जारी हुने अवस्थामा पुग्यो ।

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड पक्षीय कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिंदै प्रमुख सचेतक हटाउन कदम फिर्ता लिन पत्र पठाए ।

त्यसको भोलीपल्ट अध्यक्ष प्रचण्डले कर्णालीका ईन्चार्जका नाममा पत्र लेख्दै कर्णालीको विवाद स्थानीय बस्तुस्थितिलाई हेरेर समाधान गर्न निर्देशन दिए । 

यी परिघटनाले नेकपाभित्रको अन्तरकलह कर्णालीमा राजनीतिक रुपमा व्यक्त भएको र पर्सामा फौजी हमलाको तहमा अभिव्यक्त भएको नेकपाको प्रधानमन्त्री बाहेकको समूहको बुझाई छ । 
पर्सा घटनाकै विषयमा प्रदेश २ पार्टीले अहिलेसम्म औपचारिक रुपमा धारणा सार्वजनिक गरेको छैन । तर सो क्षेत्रका प्रचण्डपक्षीय प्रभावशाली नेता मातृका यादवको छोरा तथा अनेरास्ववियूका नेता रविकिरण यादवले सामाजिक संजालमा आफ्नो धारणा यसरी राखेका छन् । 

‘पार्टीभीत्र अपराधीहरूले डेरा जमाएर बसेका छन् । विन्दावासिनी गाउँपालिकाको सपथ कार्यक्रममा नियोजित र योजनाबद्ध आक्रमण गरि कमरेड मुकेश चौरसियाको हत्या गरिएको छ । 

अपराधीहरूलाई तुरुन्त कठघरामा उभ्याउन स्थानीय प्रशासनलाई अनुरोध गर्न चाहन्छु  । आशा छ बिरगंज प्रहरी सुन, गाँजा र यूरिया मल मात्र समात्न बसेका छैनन् । माननीय गृह मंत्री ज्यूलाई पनि हार्दिक अनुरोध छ आफ्नो लाचारीपन विरुद्ध संघर्ष गर्दै आम जनता र कार्यकर्तालाई न्याय दिलाउनुहोस्,ु उनले भनेका छन् ।‘ 

शुक्रबाट नेता यादव पर्सा जिल्लामा पुगेर चौरासियाको हत्या विरुद्ध प्रदर्शन गर्दै जाहेरी दर्ता गराउन माग गरेका थिए ।

कर्णाली र पर्सा बाहेक प्रधानमन्त्रीको कार्यशैली सरकार संचालनमा समेत नसुध्रिएको ईतर पक्षको आरोप छ । मन्त्रीहरु थप गर्दा, नेपाल सरकारको मुख्यमन्त्री नियुक्त गर्दा होस वा अमेरिका, बेलायत लगायतका देशमा राजदूत नियुक्त गर्दा प्रधानमन्त्री ओलीले आफ्नो अनुकुल एकलौटी निर्णय गरेका थिए ।

त्यसबाट अध्यक्ष प्रचण्ड हैरान भएको उनी निकटस्थहरु बताउँछन् । नेता माधव कुमार नेपालले र अध्यक्ष प्रचण्डलाई बालुवाटार नधाउन सल्लाहा नै दिएका थिए । प्रधानमन्त्री ओली नसच्चिने संकेत गर्दै नेता नेपालले जति बालुवा पेलेपनि तेल ननिस्कने टिप्पणी समेत गरेका थिए । 

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलको नेपाल भ्रमणपछि प्रधानमन्त्री ओली अझ आक्रामक भएको प्रचण्ड नेपाल समूहको बुझाई छ । प्रधानमन्त्री ओलीकै निम्तोमा नेपाल आएका खुफिया संस्थाका प्रमुख गोयलले प्रधानमन्त्रीसँग मध्यराति ९ बजेदेखि साढे १२ बजेसम्म बालुवाटारमा बार्ता गरेको राष्ट्रिय अनुसन्धान व्यूरोको रिपोर्टले देखाएको छ । 

गोयलले अन्य पार्टीका धेरै नेताहरुसँग भेटगरेको चर्चा गरेपनि त्यसो नभएको प्रधानमन्त्री बाहेक केही विश्वासपात्रसँग मात्र भेट भएको समाचार दैनिकलाई विषेश श्रोतले बतायो । 

 

काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली सेनाका प्रधानसेनापति, राजपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराईलगायतसँग भेट भएको प्रचार गराएपनि प्रधानमन्त्रीसँग मात्रै छलफल गरेको श्रोतको दावी छ । 

छलफलका क्रममा सीमा समस्यालगायतका विषयमा चर्चा चलेको थियो । गोयलसँग भेट गरेका काँग्रेसका एक नेताले समाचार दैनिकलाई दिएको जानकारी अनुसार गोयलले अब प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको सहकार्य हुनुपर्ने सन्देश दिएर गएका छन् । सो क्रममा गोयलले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफूहरुलाई साथ नदिएको निश्कर्ष समेत सुनाएका थिए । 

यी घटनाहरुलाई नजिकबाट नियालीरहेका अध्यक्ष प्रचण्ड अब प्रधानमन्त्रीका क्रियाको प्रतिक्रिया दिने मात्र होईन आक्रमण भए प्रत्याक्रमण गर्ने मनसायमा पुगेका छन् । प्रचण्ड निकट श्रोत भन्छ,– ‘कर्णाली प्रदेशको समस्या समाधानका लागि प्रचण्डले त्यहाँको पार्टीलाई दिएको निर्देशन त्यसको सुरुवात हो ।‘

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर