• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ब्यारेटद्वारा अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशको सपथग्रहण

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएकी एमी कोमी ब्यारेटले शपथग्रहण गरेकी छन् ।

उदारवादी चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि उनको स्थानमा २६ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई न्यायाधीशमा मनोनयन गरेका थिए । उनी यसअघि संयुक्त राज्य अमेरिकाको सातौ सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश थिइन् ।

रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटद्वारा ४८ वर्षीया ब्यारेटको नाम पारित भएपछि उनले शपथ ग्रहण गरेकी हुन् । 

उदारवादी गिन्सबर्गको स्थानमा दक्षिणपन्थी ब्यारेट नियुक्त भएपछि अमेरिकी न्याय सम्पादनमा समेत दक्षिणपन्थी हाबी हुने अनुमान गरिएको छ । उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर