• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चौरासिया हत्या प्रकरणः प्रदेश २ का ३ दर्जन नेताले गरे यस्तो माग  

कानूनी राज्यको खिल्ली उडाईयो

जनकपुरधाम । नेकपा पर्सा जिल्लाका नेता मुकेश चौरासियाको हत्याका विरुद्ध प्रदेश २ का ३ दर्जन नेता एक ठाउँमा उभिएका छन् । कार्तिक ६ गते विन्दबासिनी गाउपालिकाको सपथ ग्रहणका क्रममा चौरासियाको हत्या भएको थियो । तर अहिले सम्म पनि दोषीलाई पक्राउ गर्ने, पिडितको जाहेरी लिने र घटनाका विषयमा छानविन नभएपछि नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ नेता कार्यकर्ताले संयुक्त विज्ञप्ती जारी गरेका छन् । 

घटनाका पिडीतलाई राहत दिनुको सट्टा पर्सा जिल्ला प्रशासनले पिडीतको जाहेरी नै लिन नमान्नु कानूनी राजको उपहास भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यसअघि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले समेत घटनाका विषयमा चासो देखाउदै निश्पक्ष छानविन गर्न सरकारसँग माग गरेका थिए । 
यस्तो छ विज्ञप्तीः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर