• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मेसी र रोनाल्डो, को उत्कृष्ट ? चेल्सीका प्रशिक्षक लाम्पार्डले रोजे यी सुपरस्टार 

एजेन्सी । लगभग पछिल्लो २ दशक विश्व फुटबलमा राज गरेका नामहरु हुन् अर्जेन्टाईन सुपरस्टार लियोनल मेसी र पोर्चुगिज सुपरस्टार क्रिष्टिायानो रोनाल्डो । यी दुई हस्तीहरुले स्पेनिस लिगमा लामो समय कुम जुधाएर प्रतिस्पर्धा गरे ।

विश्व वर्ष खेलाडीको सूची हुर्ने हो भने मेसीले ६ पटक बेलोन डि ओर जितेका छन् । रोनाल्डोले ५ पटक जितेका छन् । ८ सय ५२ खेल खेल्दा ३५ वर्षका रोनाल्डोले ६ सय ४१ गोल गरेका छन् भने ७ सय ३७ खेल खेल्दा मेसीले ६ सय ३६ गोल गरेका छन् । 

रोनाल्डो फरक फरक क्लबमा गएर पनि सफल भईरहेका छन् भने मेसीले आफ्नो करिअर बार्सिलोनामा नै व्यतित गर्दै विश्व फुटबलमा जादु देखाईरहेका छन् । 

यी दुई मध्य को अब्बल भन्ने कुरामा विश्व फुटबल जगत दुई ध्रुवमा विभक्त छ । 

दुवै खेलाडीका कराडौं समर्थक विश्वभर छरिएका छन् । विश्वका ठूला ठूला ब्राण्डहरु यी दुई खेलाडीको पछि छन् । खेलमा मात्र हैन कमाईमा पनि यी दुई बीच राम्रै प्रतिस्पर्धा छ । 

यस्तो तिब्र प्रतिस्पर्धा र मत विभाजनका बीच निस्पक्ष धारणा सार्वजनिक गर्नु जो कसैका लागि पनि कठिन विषय बन्ने गरेको छ । त्यस्तै कठिन प्रश्नको सामना गरेका छन् चेल्सीका मेनेजर फ्रान्क लाम्पार्डले । 

हुन्डाईको प्रश्न उत्तर सेसनमा भाग लिने क्रममा उनलाई दुई मध्य को उत्कृष्ट छन् ? एक रोज्न भनिएको थियो । उनले आफ्नो फुटबल खेलाडी करिअरमा सामना गरेको प्रतिस्पर्धी र खेल कलालाई आधार मानेर बार्सिलोनाका कप्तान लियोनल मेसी रोजेका छन् । प्राकृतिक खेल कौशलका कारण आफुले मेसी रोजेको उनको तर्क छ । 

संगसंगै उनले रोनाल्डो पनि विश्वको अदुभूत क्षमता भएको खेलाडी हुन् भने । 

तपाइकाे बिचारमा काे उत्कृष्ट ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर