पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण
पाल्पा । पालपामा तानसेन नगरपालिका भित्रका २५ जनासहित थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आज (शनिवार) थपिएका मध्ये बगनासकाली गाउँपालिका भित्रका ४ जना, रिब्दिकोट र पूर्वखोला गाउँपालिकाभित्रका २।२ जना र रम्भा गाउँपालिकाका १ जना रहेका छन् ।
दसैंका समयमा बन्द रहेको पाल्पा अस्पतालको कोभिड १९ प्रयोगशालामा परीक्षण सुचारु भएसंगै जिल्लामा संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालय पालपाले जनाएको छ ।
प्रतिकृया दिनुहोस