• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

नेकपा बैठक : अध्यक्ष ओलीले पनि नयाँ प्रस्ताव ल्याउने

स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बस्ने

तस्विर : समाचारदैनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले छुट्टै प्रस्ताव पेश गर्ने भएका छन् ।  बालुवाटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीभित्र छलफलका लागि छुट्टै प्रस्ताव पेश गर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष ओली र यसअघि अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमाथि आगामी १३ गते बस्ने सचिवालय बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बैठकले स्थायी कमिटी आह्वान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार आगामी १८ गते स्थायी कमिटी बैठक बस्नेछ । त्यस्तै यसअघि मंसिर १५ गतेका लागि तय भएको नेकपा केन्द्रीय कमिटि बैठक मंसिर २५ गतेका लागि सारिएको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर