• शनिबार ८-१३-२०७७/Saturday 11-28-2020/ 02:16 am

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

काठमाडौं । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

आवश्यक रकमको स्रोत सुनिश्चततासहित यस्तो व्यवस्था मिलाइदिएको अर्थ मन्त्रालयले यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा ससर्त अनुदानका रूपमा उपलब्ध गराउने जनाइएको छ । अर्थ मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ विभिन्न स्थानीय तहमा पठाइसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

३८ दिनसम्म पनि कोरोना पोजेटिभ, तर चिकित्सक भन्छन् १४ दिनपछि लक्षण भए पनि काममा जान सकिन्छ

  • १२ मङ्सिर, २०७७

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितमा लामो समयसम्म संक्रमण देखिन थालेको छ।पत्रकार शान्ति लामा ४३ दिनसम्म संक्रमणको पीडामा छिन्। उनले ३८

पूर्वराजाको पक्षमा देशभर प्रदर्शन : राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस समर्थक पनि सहभागी

  • १२ मङ्सिर, २०७७

काठमाडौं ।  जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे। सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा

तपाईंको आज : मंसिर १२ गते शुक्रबार विशेष राशिफल

  • १२ मङ्सिर, २०७७

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना छ । नयाँ ज्ञान