• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

इरानको वरिष्ठ आणविक वैज्ञानिक मोहसिनको हत्या 

एजेन्सी । इरानको वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फकिरजादेको हत्या भएको छ। उनी इरानको आणविक कार्यक्रमका ‘मास्टरमाइन्ड’ मानिन्थे।

राजधानी तेहराननजिकै उनीमाथि आक्रमण भएको थियो। उनको अस्पतालमा ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ।

पहिले उनको कारमाथि बम आक्रमण गरेर उनीमाथि गोली चलाइएको जनाइएको छ।

हत्या गरिएका उनी पहिलो इरानी आणविक वैज्ञानिक भने होइनन्। सन् २०१० देखि २०१२ को बीचमा चार इरानी आणविक वैज्ञानिकको हत्या भएको थियो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर