• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल विजयी

काठमााडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।शनिबार सम्पन्न निर्वाचनमा आफ्ना एक मात्र प्रतिष्पर्धी किशोर प्रधानलाई १६७ मतान्तरले पराजित गर्दै ढकाल विजयी भएका हुन् ।

आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भए । पराजित प्रधानलाई ४६६ मत मात्र मिल्यो । ढकालले एशोसिएट र वस्तुगतमा स्पष्ट जित हासिल गर्दा नगर र जिल्लामा किशोर प्रधानले एक मत बढि पाए । जिल्ला नगरमा किशोर प्रधानले ५३ मत पाउँदा ढकालले पनि ५२ मत पाए ।

एशोसिएट र वस्तुगत तर्फको प्रष्ट भोट चन्द्रप्रसाद ढकाललाई गएको छ ।एशोसिएट तर्फका ८९८ मतमा ढकालले ५२२ मत पाउँदा प्रधानले ३७४ मत मात्र हासिल गरे । 

वस्तुगत तर्फको १०१ मत गणनामा पनि ढकाल नै अगाडी रहे । वस्तुगतबाट ढकालले ५९ मत ल्याउँदा प्रधानले ३९ मत मात्र पाए । महासंघको निर्वाचनमा ढकालले प्रधानसँग फराकिलो अन्तरमा जित दर्ता गराएका हुन् ।

महासंघको एशोसिएट तर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाईले प्रधान प्यानलका शौरभ ज्योतिलाई पराजित गर्दै जित दर्ता गराई सकेका छन् । वस्तुगत र जिल्ला नगर तर्फभने किशोर प्रधानका उम्मेद्वार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ विजयी भएका छन् ।

महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अर्काे कार्यकाल अध्यक्ष हुने प्रावधान छ । जस अनुसार शेखर गोल्छा अध्यक्ष भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर