सरकारविरुद्ध नारा लगाउदै कटारीमा कांग्रेसको राँके जुलुस

उदयपुर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउको बिरोधमा नेपाली कांग्रेस उदयपुरले कटारीमा राँके जुलस निकालेको छ । बिहीबार साँझ उदयपुर क्षेत्र नंवर २ का क्षेत्रीय सभापती राम कुमार खत्रीको नेतृत्वमा गरिएको राँके जुलुस गोलपार्क पुगेर समापन गरिएको थियो ।
राँके जुलुसपछि आयोजित कोणसभामा उनीहरुले आफ्ना नेताको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका थिए ।
उनीहरुले आफ्ना नेताको पक्राउ नियोजित, राजनीतिक प्रतिशोध भएको भन्दै सरकारको चर्को विरोध गरेका थिए । उदयपुर क्षेत्र नंवर २ का क्षेत्रीय सभापति खत्रीले पौडेललाई पक्राउ गर्ने प्रशासनले सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन जारी राख्ने बताउनुभएको थियो । पुल उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो । पौडेललाई बुधबार नै रिहा गरिएको थियो भने बिहीबार पौडेलले सोही पुल उद्घाटन गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस