फिल्डमै पुगेर भएपनि वजेट कार्यान्वयन तिव्र पार्नुस -मुख्यमन्त्री शाही 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले फिल्डमै पुगेर वजेट कार्यान्वयनलाई तिव्रता दिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्  । आईतवार सम्पन्न कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आवश्यक परेको अवस्थामा मन्त्री र सचिव समेत फिल्डमा पुगेर वजेट कार्यान्वयनलाई गति दिनुपर्ने वताए । 

मुख्यमन्त्री शाहीले जिल्ला स्थित कार्यालयहरुवाट भईरहेको कामको प्रभावकारिता अनुगनमन गर्न, वजेट कार्यान्वयनमा देखिएका समस्या सामाधान गर्न र सरकारलाई जनतासम्म जोडन सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व फिल्डमा पुग्नुपर्ने धारणा राखे ।  

उनले अवको तिन महिना वजेट कार्यान्वयनलाई तिव्रता दिने र वेसलाईन सर्भेका आधारमा आवधिक योजनाको सुची तयार गर्ने काममा केन्द्रीत हुनुपर्ने वताए । माग्ने र दिने प्रवृत्ति दिगो विकासको लागि घातक रहेको वताउदै मुख्यमन्त्री शाहीले वेसलाईन सर्भे गरेर आवश्यकता र औचित्यका आधारमा मात्र योजना निर्माण गरिनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनका लागि संरचना, जनशक्ति, लेखाप्रणाली लगायतका समस्या सामाधान गरिएको वताउदै निहुँ झिकेर वजेट कार्यान्वयनमा गरिने लापरवाही आफुलाई स्वीकार्य नहुने चेतावनी दिए । 

सम्पन्न गरिएका आयोजनाको समयमै भुक्तानी नदिएका कारण पनि चौमासिक प्रगति कमजोर देखिएको वताउदै मुख्यमन्त्री शाहीले भुक्तानी प्रक्रियालाई चुस्त राख्न निर्देशन दिए । एकातिर काम सम्पन्न भएको, अर्कोतिर सरकारी खातामा वजेट थ्रुप्रिरहने र त्यसवाट निर्माण व्यवसायी एवं उपभोक्ता मारमा परिरहने समस्या तत्काल अन्त्य हुनुपर्नेमा मुख्यमन्त्री शाही जोड दिए । 

उनले भुक्तानी प्रक्रियालाई चुस्त नराख्दा प्रदेश सरकारप्रति नै अविश्वास पैदा भएको तर्फ गम्भिर हुन ध्यानाकर्षण गराए  । 

मुख्यमन्त्री शाहीले कागजमा देखाईने समीक्षा भन्दा आत्मासमीक्षाको जरुरी भएको वताउदै सरकारको प्रभावकारिता वृद्धि गर्नुपर्ने जोड दिए । 

कागजलाई आकर्षक वनाउने मेहनत वजेट तथा योजना कार्यान्वयमा लगाउन आग्रह गर्दै मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक समीक्षामा प्रगति प्रतिवेदन संगै कार्यसम्पादन करार सम्झौता पनि वोकेर आउनुपर्ने वताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर