• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोनाको कहरबीच सन् २०२० का यि सत्यहरु 

सन् २०१९, जतिबेला दुनियाँ एउटा नयाँ आशाकासाथ नयाँ दशक सुरुवातको पर्खाइमा थियो, सन् २०२०को ।  तर, अवस्था ती आशा अनुसारको भएन र संसार कोरोना महामारीमा फस्यो । यस महामारीको बाबजुद सन् २०२० का सुन्दर र खुशीका पक्षहरु भने रहे । 

जनवरीः
वर्षको मुखमै चीनमा एउटा प्राण घातक भाइरसको बारे पत्ता लाग्यो । जुन समयमा यो भाइरस बारे सबैमा एकमदै कम जानकारी थियो । उक्त समय बचाउको लागि सही इक्विप्मेन्टको अभावमा मान्छेहरु विभिन्न दैनिक तथा घेरलु उपयोगमा आउने बस्तुहरु प्रयोग गरिएका थिए । 

फेब्रअरी
यो महिनामा प्रकट भएको सुपरमून देखेर संसारभरका मानिसहरु मुग्ध भएका थिए । सन् २०२० एक प्रमुख खगोलीय घटना थियो यो । टर्कीको अडीर्न शहरबाट खिचिएको एउटा तस्वीरले संसारभरि चर्चा पाएको थियो । यहाँ १६औँ शताब्दीमा बनेको सेल्मीये मस्जिदका टावरहरु सुपरमूनको साथ देखिएका छन् ।    

मार्च
कोरोना भाइरसको कारण विश्वका धेरै देशहरुले लकडाउन गरे । ती बन्दाबन्दीले साथीहरुसँग भेट गर्ने, काम गर्ने तथा किनमेल जस्ता कामहरु धेरै जसो अनलाइनबाट भए । तस्बीरमा हङकङका शिक्षकहरु अनलाइन कक्षाको लागि रेकर्ड गर्दैछन् । 

अप्रील
सामाजिक दुरीका कारण मानिसहरुको सृजनात्मकता पनि देख्न आयो । संयुक्त राज्य अमेरिकामा एक पादरीले सामाजिक दुरी राख्दै पानी छर्कनको लागि रचनात्मक तरिका अपनाए । 

मे
अमेरिकी पुलिस हिरासतमा अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोडको मृत्युले विश्वभर जातिवाद र प्रहरी क्रुरताको बिरुद्ध आन्दोलन जगायो । स्याक्रमेन्टो, क्यालिफोर्नियामा भएको प्रदर्शनको यो तस्वीर आन्दोलनको सुरुवाती चरणको हो । 

जून
लकडाउनको पहिलो चरण पछि कन्सर्ट गरियो । बार्सिलोनाको डेल कन्सर्ट हलमा दुई हजार बढी नर्सरी प्लान्टहरुको अगाडि प्रस्तुत गरियो । त्यो कठिन समयमा कलाको महत्व देखाउने प्रयास थियो । 

जुलाई 
केन्याकी एक महिला आफ्नो जमिनमा सलहले बाली नष्ट पारेको हेर्न बाध्य थिइन् । किन कि ती महिला अशक्त थिइन् । वर्ष २०२० मा सलहले इरान, भारत र पाकिस्तानमा विनाश गरेको थियो । पछि उक्त सलह पूर्वी अफ्रिका पुग्यो । 

अगस्त
लेवनानको बेरुतमा शक्तिशाली गैर आणविक बिष्फोट हुँदा २०० बढी व्यक्तिको मृत्यु भयो । हजारौँ घाइते भए । पियानोवादक रेमण्ड इसायन यस बिष्फोटमा नराम्ररी प्रभावित भए र घरबारविहीन भए ।

सेप्टेम्बर
ब्राजीलको अमेजन जंगलमा यस दशककै ठूलो भीषण आगलगी भयो । यसले पर्यावरणविद् र संरक्षणविद्हरुलाई निकै चिन्तित बनायो । उक्त भीषण आगलगीबाट एउटा चितुवा बच्न त बच्यो तर उसका पञ्जाहरु आगोले जलेका थिए । 

अक्टूबर
कोरोनाबाट बच्न र संक्रमण फैलनबाट रोक्नका लागि भइरहेको लकडाउने कडाइका कारण कोरोना भाइरसको केश घट्दै गइरहेकोमा विश्वभरिका सरकारहरु द्वविधामा थिए ।  कतिपय व्यापारीहरुले कोरोनाको कारण आफूहरुको भविष्य नै अन्धकार भएको बताए । इटालीको राजधानी रोमको एक रेष्टुरेन्टले आफ्नो ठप्प भएको व्यापार दर्शाउन यी कंकालहरु देखाएको थियो ।  

नोभेम्बर
थाइल्यान्डका मित्रि चित्रिनन्द राज परिवारका कट्टर समर्थक थिए । तर यस वर्ष प्रजातन्त्र र सुधारको माग गर्दै भएको प्रदर्शनले उनलाई आफ्नो दृष्टिकोण बदल्न बाध्य तुल्यायो । उनले आफ्नो कपाललाई तीन औँला साइन भएको तस्बीरमा डिजाइन गरेका छन् । यो हंगर खेलबाट प्रभावित छ भने थाइल्याण्डभरि बिरोधको प्रतीकका रुपमा प्रयोग भइरहेको छ । 

डिसेम्बर
कोरोना भाइरसले पृथ्वीमा आतंक मच्चाए पनि अन्तरिक्षको क्षेत्रमा भने प्रतिस्पर्धा चलिरहेको छ । चीन चन्द्रमाको सतहमा आफ्नो झण्डा गाड्ने दोस्रो मुलुक बनेको छ । ४४ वर्षमा चीन पहिलो पटक चन्द्रमा ई–५ मिसन अन्तर्गत चन्द्रमाको सतहबाट माटो र ढुंगाका नमूनाहरु ल्याउन सफल भएको छ ।

-

-बीबीसीबाट मनिशा श्रेष्ठले गरेको अनुवाद

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर