• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आफर नमुना गाउँ रोजगारको नमुना बन्दै  

कर्णाली प्रदेश राजधानी सहर सुर्खेत वीरेन्द्रनगर भ्यालीबाट ८ किलो मिटर उत्तर पश्चिममा रहेको आफर नमुना गाउँ कर्णाली प्रदेशको रोजगारको नमुना बन्दै गएको छ । 

‘नमुना गाउँ घोषणा हुनुभन्दा पहिला आफर गाउँका नागरिहरुले अशिक्षा र व्यरोजगारीले बालबालिका, युवा, र महिलाहरुले विभिन्न हिंसाबाट पिडा खेप्नु परेको थियो ।’ नमुना गाउँकी अध्यक्ष रचना बाँठाले सुनाइन् ।

६० घरधुरी रहेको आफर नमुना गाउँमा सबैभन्दा बढी दलित बस्तीको बाहुल्यता रहेको छ । रोजगारी सिर्जना गर्न र गाउँमा हुने हिंसा अन्त्य गर्नको लागि सबैभन्दा बढि यहाँका महिलाहरु सक्रिय भएको अध्यक्ष रचना बाँठा बताउँछिन् । गाउँमा हुने विभिन्न खालका हिंसाबाट मुक्त हुनको लागि महिला र बालबालिकाहरुको अधिकारको निम्ति एउटा अन्तराष्ट्रिय संस्थाको सहयोगमा आफूहरु यो अभियानमा लागेको उनले बताइन् । 

अध्यक्ष बाँठाका अनुसार आफर गाउँकै महिलाहरुको सक्रियताका कारण २०७२ साल असार १० गतेको गाउँ भेलाले यो गाउँलाई नमुना गाउँका रुपमा विकास गर्न गाउँ सभाबाट विभिन्न ९ वटा सुचकहरु प्रस्तुत गर्दै आफर गाउँलाई नमुना गाउँका रुपमा विकास ग¥यो ।

‘नमुना गाउँ घोषणा भैसकेपछि आफर नमुना गाउँका ६० घरधुरीले ९ वटा सुचक अनुसार आप–आफ्नो जिम्मेवारी समालिरहेका छन् । यहाँ उत्पादन भएको कुनै पनि चिज बाहिर बजार खोजेर जानु पर्दैन, ‘आफर नमुना गाउँ अध्यक्ष रचना बाठाले भनिन्, ‘यहाँ उत्पादन गरेको चिज खपत गराउनको लागि हामीले यहाँ १६ जना महिलाको सक्रियतामा होमस्टे पनि खोलेका छौ,।’

६० घरधुरी रहेको आफर नमुना गाउँमा प्रत्यक घरधुरीले अहिले रोजगार पाएका छन् । जस अन्तरगत २२ घरधुरी व्यवसायीक बाख्रा पालन, १३ घरधुरी लोकल कुखुरा पालन, १ घरधुरी दुध डेरी, १ घरधुरी कोसेली निर्माण, १ घरधुरी काँसाको भाडा निर्माण गर्ने र १६ घरधुरीले होमस्टे संचलान गरेका छन् । होमस्टे संचालनमा भने सबै महिलाहरुको सहभागिता रहेको छ । 

७ जना महिलाहरुले शुरुवात गरेको आफर होमस्टेमा  अहिले १६ जना महिलाहरु होमस्टेको संचालक छन् । होमस्टेबाट नै मासिक रु २० हजार कमाउने गरेको आफर होमस्टे संचालक मध्यकी लक्ष्मी बाँठाले बताइन्  ।

नमुना घोषणा भैसकेपछि यो गाउँलाई अबकोलन गर्नको लागि विभिन्न संघ सस्था र टाढा टाढाबाट गाउँमा पाहुनाहरुको भिड लाग्ने भएकोले नमुना गाउँको सुचक अन्तरगत नै आफुहरुले होमस्टे संचालन गरेको गरिएको उनले बताइन् । 

होमस्टेबाट आम्दानि भएको खर्च मध्य ५ प्रतिशत होमस्टे संलानको लागि र बाकि रकम रकम पालो अनुसार संचालकहरुले लिने गरेको होमस्टे संचालक समिति सचिब तथा नमुना गाउँ अध्यक्ष रचना बाँठाले जानकारी दिइन् ।

‘होमस्टेमा आउने पाहुनाहरुलाई आफर नमुना गाउँमा उत्पादन भएको अर्गानिक परिकारहरु सिस्नु, कमैको ढिडो, लोकल कुखुराको मासु,लोकल अचार,गुन्द्रुक,खाने परिकारहरु दिने गरिेका छौ, ‘होमस्टे संचालक समिति सचिब समेत रहेकी नमुना गाउँकी अध्यक्ष रचना बाँठाले भनिन्, ‘यहाँ रक्सी भने बन्द गरिएको छ रक्सी बन्द गरिएको भएपनि यहाँ आउने पाहुनाहरुले यसको माग धेरै राखेको हुनाले अबका दिनहरुमा यहाँको अर्गानिक उत्पादनलाई प्रचार गर्ने हिसाबले यहाँकै अन्नबाट उत्पादन भएको रक्सीलाई दिने योजना रहेको छ,।’

उनका अनुसार शुरुका दिनहरुमा श्रमदानबाट सुरुवात गरिएको आफर होमस्टे अहिले मासिक १६ हजार तिर्ने गरेर २ कट्ठा जमिन लिजमा लिएर संचालन गरिएको छ भने होमस्टेको कुल पुजिगत लगानी अहिले ५० लाख बराबर रहेको छ । 

‘नमुना गाउँ घोषणा भैसकेपछि मैले घरमै बसेर लोकल कुखुरा पालन व्यवासय गरेकी छु यहाँको मासु बाहिर बेच्न जानु पर्दैन यहाँको आफर हामस्टेमा बेच्छु मलाई रोजगार फाइदा दुबै भएको छ, ‘लोकल कुखुरा पालन व्यवसायी तुला बि।क।ले भनिन्, ‘यो व्यवसायबाट म धेरै खुसि छु,।’
यो भन्दा अगाडी कुनै पनि व्यवसाय थिएन अहिले नमुना गाउँबाट आएका खसी पालेर आफुले महिनामा ३० हजार रुपैँया कमाउने गरेको बाख्रा पालन व्यवासायी लाल बहादुर बाँठाले बताए ।
 
आफर नमुना गाउँमा अघिल्लो बर्ष २०७६÷०७७ मा कर्णाली प्रदेश सरकारले पनि सहयोग गरेको हामस्टे संचालक समितिले जानकारी दिएको छ समितिका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा दुई वटा भवन निर्माण गरिएको छ । 

आफर नमुना गाउँ सामाजिक सदभाब र सामाजिक एकता कसरी गर्न सकिन्छ भन्ने एक उदाहरणका रुपमा स्थापित भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर