• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

धनगढी पुगेका राजेन्द्र महतो भन्छन्, धैर्यताको बाँध फुटे असर ठुलो पर्छ

धनगढी । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए सडकमा जानुको बिकल्प नरहेको बताएका छन् । संविधान दिवसको दिन प्रदेश ७ को अस्थायी राजधानी धनगढी पुगेका महतोले संविधानको विरोध सभा कार्यक्रममा भने,‘अहिले सम्म बर्तमान सरकार संबिधान शंसोधन गर्छकी भनेर धैर्य भएर बसेका छौं, यदि यसमा ढिलाई भए  धैर्यताको बाँध फुट्छ र यसको असर धेरै ठुलो हुनेछ ।’

उनले अहिलेको शक्तिशाली सरकारले शंसोधनको आश्वासन मात्रै दिएको र केही समय अझै हेर्ने बताए । आफूहरू संविधान दिवस कुन अर्थमा मनाउन सक्ने भन्दै विरोध जनाए । मुलुकमा दुईथरिका व्यवहार भइरहेको टिप्पणी गर्दै उनले मधेशी लगायत पछाडि पारिएका समुदायका माग पूरा गर्न सरकार अझै गम्भीर नभएको आरोप लगाए । 

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफूहरूका माग पूरा गर्ने आश्वासन दिएकाले अहिलेसम्म पर्खेको उनको भनाई  थियो ।

उनले टीकापुर घटना लगायत तराई मधेशका जिल्लामा आफ्ना कार्यकर्तालाई आन्दोलनको क्रममा राज्यले प्रतिशोध साँध्न पक्राउ गरेको बताउँदै उनीहरूलाई रिहाइ गर्नुको कुनै विकल्प नरहेको बताए । 

टीकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरिएका सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभए सम्म सपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनु पर्ने बताए । महतोले भने–‘टीकापुर घटना राजनितिक हो, त्यस घटनाको आरोपमा कारागारमा रहेकालाई राजनैतिक बन्दीको ब्यबहार गरिनुपर्छ ।’ 

महतोले त्यसो नगरिए जनता सडकमा उतार्ने चेतावन समेत दिए । उनले आजै टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका आरोपितहरुलाई पनि भेटेका छन् ।

 बुधबार दिवसकै दिन धनगढीमा थारु कल्याणकारिणी सभा कैलाली, थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा संबिधान विरोध सभाको आयोजना गरिएको थियो । धनगढीको पार्कचोकमा गरिएको कार्यक्रममा कार्यक्रममा राजपाका नेताहरू, थारुवान  नेताले संबोधन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर