• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

एमाले महाधिवेशन तयारी पूरा, चितवनमा बढ्याे चहलपहल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भोलीबाट सुरु हुने १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको ।

एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उदघाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । मङ्सिर १० उदघाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन् ।

जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको छ ।

नेकपा एमालेको महाधिवेशनमा आउने दुई २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवास व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।  

  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर