• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एमाले महाधिवेशनः मतदान सकियो,गणना केहि समयपछि

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदान केहि समय पहिला सम्पन्न भएको छ । 

मंगलबार बिहानदेखि सुरु भएको मतदान सकिएको छ । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भएको छ । 

नेतृत्व चयन सर्वसम्मत गर्ने भनेर तत्कालीन अध्यक्ष केपी ओलीले ३०१ जनाको सुचि पेश गरेका थिए । तर हलबाट उक्त सुचिका विरुद्ध केहि पदमा उम्मेदवारी परेपछि मंगलबार बिहानबाट मतदान सुरु भएको हो । 

सोमबार राति सुरु गर्ने भनिएको मतदान मंगलबार बिहानबाट मात्र सुरु भएको थियो । 

एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा  मतदान भएको हो । 
एमालेको अध्यक्षमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । उपाध्यक्षका ६ पदका लागि  सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली प्रतिस्पर्धामा छन् । 

७ सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट , पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीबीच प्रतिस्पर्धा भएको 
छ । 
मतपरिणाम आज दिउसोसम्म आउने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर