• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित

कामठाडौं । राप्रपाको केन्द्रीय सदस्यमा २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन्।उनी खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उठेकी थिइन्।

आज बिहान आएको मतपरिणामअनुसार उनले एक हजार दुई सय ८७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

उनी बारा क्षेत्र नम्बर ३ को (क) बाट राप्रपा महाधिवेशन प्रतिनिधि थिइन्।

मिश्र कानुनको विद्यार्थी हुन्। उनी राप्रपाको भातृ विद्यार्थी संगठनमा केन्द्रीय उपाध्यक्ष छिन्। उनी राप्रपाको विद्यार्थी संगठनमा पहिले जिल्ला सचिव पनि भएकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर