• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मरूभूमिका माओवादीलाई रञ्जित तामाङको ‘चिठ्ठी’

साथी !
अरबभूमिबाट तिमीले पठाएको शुभेक्षा
म सुनाइदिनेछु, कमरेडहरूलाई !

देश बनाउने, जनअवस्था बदल्ने तिम्रो सपना 
म सम्झाइदिनेछु सहभागीहरूलाई ।
 
खेतबारी बेचेर समृद्धि भित्र्याउन मुग्लानिएको कथा
एकपटक पढ्न अनुरोध गर्नेछु, उनीहरूलाई ।
 
सहेली साथीको सालिक बनाउन
एकमुठ्ठी पसिना बढी बगेको सच्चाइ 
म सुनाइदिनेछु शहीदजनलाई ।

जीवन साथीको फुली, आमाको गुन्यु,
लालाबालाको माढ खोज्न,
चिसिएको पसिनामा शितलता रोज्न,
मरूभूमिमा माओवादी अझै छन् भनेर 
म सुनाइदिने छु जिउँदा कमरेडहरूलाई ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर